डिपिएल–२ मा ८ सहरका ८ टिमबीच प्रतिस्पर्धा,यस्ता छन् मुख्य आकर्षण

काठमाडौं– सर्वाधिक पुरस्कार राशी सहित धनगढी प्रिमियर लिग (डिपीएल)को दोस्रो संस्करण घोषणा गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले सयुंक्त रुपमा आइतबार राजधानीमा एक कार्यक्रमका बीच माघ पाँच गते देखि धनगढीमा सञ्चालन हुने गरि डिपीएल–२ को घोषणा गरेको हो।

डिपीएल–२ मा ८ सहरका ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो संस्करणमा ६ सहरका ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। जसमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्स, कन्चनपुर आईकोनिक र काठमाडौ गोल्डेन्सले सहभागिता जनाएका थिए। यसपटक थप हुने दुई टिमको नाम पछि सार्वजनिक गरिने डिपिएलका निर्देशक सुवास शाहीले जानकारी दिए। डिपिएलमा सहभागि हुने खेलाडीको अक्सन तथा टिमको घोषणा मंसिरमा गरिनेछ। डिपिएल खेल्न चाहने खेलाडीले धनगढी क्रिकेट एमेडेमीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ। खेलाडीको न्यूनतम मूल्य पनि पछि सार्वजनिक गरिनेछ। 


डिपिएल–२ को पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ। विजेतालाई २५ लाख रुपैयाँ प्रदान गरिनेछ। उपविजेतालाई १० लाख, तेस्रो हुने टिमलाई ३ लाख र चौथो टिमलाई २ लाख प्रदान गरिनेछ। अघिल्लो सिजन विजेतालाई १५ तथा उपविजेतालाई ७ लाख प्रादन गरिएको थियो। यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार तथा म्यान अफ दि सिरिजलाई टिभिएस अपाचे मोटरसाइकल प्रदान गरिनेछ। डिपएलको मुख्य प्रायोजन बापत रुस्लान क्रिकेटले ३५ लाख रुपैयाँ नगद र ३५ लाख रुपैयाँ बराबरको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछ। डिपिएलको कुल बजेट ३ करोड भएको आयोजकले जनाएको छ। 

Share your thoughts: