केन्याले नेदरल्याण्ड्सलाई हरायो,नेपाललाई बढ्यो थप दबाव

काठमाडौं,असोज २२ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याले नेदरल्याण्ड्समाथि २ विकेटको महत्वपूर्ण जित हात पारेको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२५ रनको लक्ष्य केन्याले अन्तिम ३ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । उसका लागि डीएम गोन्दरियाले ६३ रन बनाए भने सीओ ओबुयाले ५६ रनको पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको डच टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २२४ रन बनाएको थियो । उसका एसजे माइबर्ग र डब्लू बारेसीले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात दिलाए । डब्लू बारेसीले ६९ रन बनाए भने माइबर्ग ५० रनमा आरट भए ।

रिपोनले ५१ रनको योगदान दिए । अन्य नेदरल्याण्ड्सका अन्य ब्याट्सम्यान चल्न सकेनन् । यो जितसँगै केन्या १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अंक छ । हङकङ र नेपालले १०-१० खेल खेलेका छन् र क्रमशः ११ अंकका साथ पाँचौं र ८ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष चारमा पर्ने सम्भावना कायमै राख्न नेपालले बाँकी सबै खेल जित्नु पर्ने दबाव बढेको छ । नेपाल र हङकङले अर्को साता खेल्दैछन् ।

onlinekhabar.com

Share your thoughts: