नेपाली क्रिकेट टोली हङकङ जादै

काठमाडौं,असोज २४ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्ध खेल खेल्न नेपाली टोलि आज त्यसतर्फ जाने भएका छन्  ।  हङकङविरुद्ध टिममा परेका १४ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए  । 


नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसंग उसैको घरेलु मैदानमा आगामी शुक्रबार र आइतबार खेल्दैछ ।  हङकङसंगको खेलको अन्तिम तयारी गर्न नेपाली टोलिले भारतको चेन्नईमा अभ्यास समेत गरेको थियो । च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ ।  नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नै पर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनु पर्ने छ  ।

च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् ।

नेपाली टोलि पारस खड्काको कप्तानी मैदान उत्रने छन् । त्यस्तै नेपाली टोलीमा ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ  ।  नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बुधबार नेपाली क्रिकेट टिमका खेलाडी छनोट गरेका हुन् ।


हङकङसँगको खेलका टोलीमा पर्ने खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् ।  त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम रहेका छन् ।

Share your thoughts: