को हुन् करणले आउट गरेका अंशुमान राथ ?

एजेन्सी । १९ वर्षीय युवा खेलाडी अंशुमान राथ हङकङका अलराउन्डर हुन्। तीन वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका मध्यक्रमका ब्याट्सम्यान अंशुमान अहिले उत्कृष्ट लयमा छन्। किनकि उनी डब्लुसिएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा छन्। तर उनले नेपालविरुद्ध भने रन बनाउन सकेनन् । उनलाई नेपालका करण केसीले चौथो ओभरमा शून्य रनमै आउट गरे। 

हङकङले डब्लुसिएलमा खेलेका १० मध्ये ७ खेलमा ब्याटिङ गरेका उनले ४ सय ९८ रन जोडिसकेका छन्। जसमा १ शतक र ४ अर्धशतक समावेश छन्। यसको अर्थ उनले डब्लुसिएलमा खेलका २ खेलमा मात्र अर्धशतक बनाउन सकेका छैनन्। डब्लुसिएलमा उनको औसत रन ७१.१४ छ। स्ट्राइक रेट ८९.०८। अंशुमान डब्लुसिएलमा बढी चौका प्रहार गर्ने खेलाडीको तेस्रो नम्बरमा छन्। उनले अहिलेसम्म ४४ चौका प्रहार गर्दा ६ छक्का मात्र हिर्काएका छन्। 

Share your thoughts: