क्रिकेट टिमको पहिलो चरणको तयारीमा २८ खेलाडी छानिए,को-को परे ?

काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल)च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको युएई विरुद्वको खेलका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागित हुने खेलाडीको घोषणा गरिएको छ।

बिहीबारबाट सुरु हुने बन्द प्रशिक्षणमा २८ जना खेलाडीहरुले सहभागि हुने नेपाली टोलीका प्रशिक्षक जगत टमटाले बताए। बन्द प्रशिक्षणमा अनिल मण्डल र सिद्धान्त लोहनीले पुनरागमन गरेका छन्।

पुराना खेलाडीमध्ये अभिनास कर्ण टिममा अटाएका छैनन्। यू–१९ टिमका दुई खेलाडीलाई पनि मौका दिइनेछ। यद्यपि उनीहरुको नाम सार्वजनिक गरिएको छैन। डब्लुसिएल च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा प्रतिस्पर्धा हुँदैछ। खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ।


पहिलो चरणको बन्द प्रशिक्षणका लागि सार्वजनिक गरिएको खेलाडीको सुची यस्तो छः

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, सुसन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, नरेश बुढाऐर, मेहबुब आलम, कुशल भुर्तेल, दिलिप नाथ, सौरभ खनाल, अनिल मण्डल, हसिम अन्सारी, बिक्रम शोव, सुनील धमला, शक्ति गौचन, सिद्धान्त लोहनी र २ जना यू–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी।


Share your thoughts: