इपिएल क्रिकेटको उपाधि विराटनगर वासियर्सलाई,भैरहवा १ रनले पराजित

काठमाडौं । भैरहवालाई हराउँदै एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित हुन पुग्यो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।

भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिँदै विराटनगरलाई जिताए । साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरे । उनको चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउट गरे । पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित सहज भयो । अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन ।

भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ३९ बलमा उनले ४ चौका र ४ छक्का हाने । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए । तर पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो ।

Share your thoughts: