प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। त्रिवि क्रिकेट मैदानमा अाइतबार सम्पन्न फाइनलमा त्रिभुवन अार्मी क्लबलार्इ ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। उपाधिसँगै एपीएफले २० लाख रुपैयाँ हात पार्यो। यस्तै उपविजेता पुलिसले १ लाख प्राप्त गर्यो।

अार्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१.२ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। प्रदीप एेरी र अनिल साहले अर्धशतकीय पारी खेल्दै एपीएफलार्इ च्याम्पियन बनाएका थिए।

अनिल र प्रदीपले ६३-६३ रन जोडे। यस्तै पृथु बास्कोटाले ३२ तथा रोहितकुमार पौडेल र करण केसीले १५-१५ रनको नटअाउट पारी खेले।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अार्मीले निर्धारित ५० अोभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।

उसका भीम सार्कीले सर्बाधिक ४५ रन जोडे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे। उनीसँगै सोमपाल कामीले ३६, विनोद भण्डारीले ३५, राजेश पुलामीमगरे २७ र नरेश बुढाएेरले २० रन जोडे।

बलिङमा एपीएफका करण केसीले ३ विकेट लिए। १० अोभर बलिङ गरेका उनले २ अोभर मेडन राख्दै ३८ रनमात्रै खर्चे। यसतै भुवन कार्की र बसन्त रेग्मीले  २-२ विकेट हात पारे।

राष्ट्रिय खेलकुद परिषद र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको थियो।

Share your thoughts: