'म नै एसोसिएट राष्ट्रबाट नम्बर वान खेलाडी हुँ'–सन्दीप लामिछाने

काठमाडौं । आइपीएलदेखि बिगब्यास हुँदै विदेशी भूमिमा तहल्का मच्चाउने नेपाली युवा स्पीनर सन्दीप लामिछाने घरेलु मैदानमा चम्किन सकेका थिएनन् । नेपाल, ओमान र अमेरिकाबिरुद्धको त्रिकोणात्मक सिरिजका अघिल्ला खेलमा पनि सन्दीपको प्रर्दशन औसत थियो ।

अघिल्ला खेलमा उनीभन्दा राम्रा प्रर्दशन पहिलो पटक अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका सुसानसिंह भारीको थियो । तर बुधवार भएको अमेरिकासँगको खेलमा सन्दीप लयमा फर्केका छन् ।

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को अमेरिकासँगको खेलमा उनी एक्लैले ६ विकेट लिएका छन् । ग्लोबल स्टारको मानिने सन्दीपसँग अघिल्ला खेलहरुमा नेपाली दर्शक खुसी थिएनन् । तर उनले बुधवार सवै दर्शकलाई खुसीमात्र बनाएनन्, आफु नम्वर वान भएको दावी पनि गरे ।

६ ओभर बलिङ्ग गरेका सन्दीपले एक मेडन राख्दै मात्रै १६ रन खर्चेर ६ विकेट लिए । ६ विकेट लिएपछि उनले आफु नै एसोसियट राष्ट्रको नम्वर वान खेलाडी भएको प्रतिक्रिया समेत दिए । ‘ एसोसिएट राष्ट्रबाट म नै एक नम्बर खेलाडी हुँ’ त्रिवि क्रिकेट मैदानमा सन्दीपले भने ‘रसिद खानका अब कुरा गर्नु हुँदैन, उनी टेष्ट राष्ट्रका खेलाडी हुन् ।’

खेलको औसत हेर्ने हो भने सन्दीपभन्दा भारीको कम छैन । भारीले तीन ओभरमा एक मेडन राख्दै पाँच रन दिएर चार विकेट लिए ।

Share your thoughts: