तेस्रो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

काठमाडौं । स्टेफेन स्मिथले शतकीय पारी खेलेपछि घरेलु टोली अष्ट्रेलियाले तेस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । पर्थमा बिहीबार भएको तेस्रो एक दिवसीयमा अष्ट्रेलियाले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । स्मिथले अविजित १०८ रन जोडेपछि पाकिस्तानले दिएको २६४ रनको लक्ष्य अष्ट्रेलियाले ४५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानले दिएको लक्ष्य सहजै पूरा गर्ने क्रममा अष्ट्रेलियाका स्मिथले १०४ बलमा १०८ रन बनाए । त्यस्तै अष्ट्रेलियाका लागि  पिटर ह्यान्ड्सकम्पले ८२ तथा डेभिड वार्नरले ३५ रन जोडे । जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन जोडेको थियो । पाकिस्तानका लागि बाबर अजमले ८४ तथा शार्जिल खानले ५० रन जोडे । त्यस्तै शोएब मल्लिक र उमार अकमलले समान ३९–३९ रन बनाए । अष्ट्रेलियाका लागि जोस हाजलवुडले तीन तथा टिम हेडले दुई विकेट लिए ।

Share your thoughts: