टी-२० मा धोनीको पहिलो अर्धशतक

काठमाडौं,माघ १९ ।  भारतका महेन्द्र सिंह धोनीले टी-२० मा पहिलो अर्धशतक बनाएका छन् । भारतका निकै सफल कप्तान मानिएका धोनीले कप्तानीवाट राजिनामा दिएपछि टी-२० मा बनाएका यो पहिलो अर्धशतक हो ।  इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा उनले ५६ रन बनाएका हुन् । ३६ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हानेका थिए ।

हालै मात्र एकदिवसीय र टी-२० का कप्तानबाट राजीनामा दिएका उनले टी-२० मा अर्धशतक बनाउन उनले ७६ खेलसम्म कुर्नु परेको छ । यसअघि उनले टी-२० मा ४२ रन बनाएका थिए । उनले २०१० पछि पहिलो अर्धशतक बनाएका हुन् ।

Share your thoughts: