आइसीसीको टोली छलफलमा व्यस्त,उपलब्धी भने शुन्य

काठमाडौं,साउन १३ । नेपाली क्रिकेटका बारेमा बुझ्न आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोली राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि अहिले सम्म उपलब्धी भने शुन्य नै  देखिएको छ । राखेप सदस्य सचिव केशब कुमार बिष्टले पुरानै प्रस्ताव अघि सारे पछाडी नेपाल क्रिकेट एसोसियसन (क्यान)को  माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । आइसिसीका प्रतिनिधिबीच बुधबार भेट भएको थियो भेटघाटमा सदस्य सचिब बिष्टले  आईसिसि प्रतिनीधीहरु सँग निर्वाचित क्यानले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिए क्यान विवाद समाधान हुने तर्क गरेका छन् । 

प्रतिनिधि मण्डलसँगको भेटपछि विष्टले भने,‘जसको गल्ति भएपनि अब यहि अवस्थामा बसिरहने कुरा हुन्न । मुद्दा फिर्ता भयो भने सरोकारवालसासँग बसेर आइसिसीसँगको समन्वयमा अघि बढ्न हामी तयार छौं । ’ आइसिसीले नेपालको पछिल्लो अवस्था बुझ्न तीन सदस्यीय टोली नेपाल पठाएको हो । टोलीमा एसियन डेभलप्मेन्ट मेनेजर बन्दुला वार्नापुरा, फाइनान्स मेनेजर अमर शेख र लिगल सेक्सनका चिफ प्रमुख पाउल म्याकमोहन रहेका छन् भने आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसन,  एसोसिएट प्रतिनिधि इमरान ख्वजा पनि बुधबार सम्म काठमान्डौं आउने कार्यक्रम छ।

आइसिसीको प्रतिनिधि मण्डलले मंगलबार क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र टंक आङबुहाङ, निर्वाचित समितिका अध्यक्ष चन्द र उनको समितिका पदाधिकारीसँग भेट गरेको थियो । प्रतिनिधि मण्डलले बिहीबार क्रिकेटका सरोकारवाला सबैपक्षसँग संयुक्त बैठक गर्नेछ । सदस्य सचिव विष्टले आफ्नो प्रस्ताव संयुक्त बैठकमा छलफल हुने बताएका छन् । प्रतिनिधि मण्डल, विष्ट र दुई क्यानका अध्यक्ष र महासचिवबीच संयुक्त बैठक हुने बताइएको छ । विष्टले भने ‘हाम्रो प्रस्तावमाथि संयुक्त बैठकमा छलफल हुन्छ । सबै पक्ष तयार भए हामी शून्यबाट काम गर्नेछौं ।’ मुद्दा फिर्ता लिने विषयलाई निर्वाचित समितिले अस्वीकार गर्दै आएको छ । त्यस्तै प्रतिनिधिहरुले नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासँग पनि भेट गरेका थिए ।

Share your thoughts: