आइसिसीको टोली फर्कियो,क्यान प्रतिबन्धको निर्णय २४ अक्टुबरमा

काठमाडौं, साउन १५ ।   नेपाली क्रिकेट समस्याबारे अध्ययन गर्न नेपाल आएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली फर्किएको छ ।सोमबार आएको आइसिसीको तीन सदस्यीय टोली शुक्रबार फर्किएको हो ।आइसिसीका फाइनान्स तथा डाटा म्यानेजर अमर शेख, आइसिसिका एसिया प्रबन्धक बन्दुला वार्नपुरा र कानुन विभागका अधिकृतसहित ३ जनाको टोलीले नेपाल आएका थिए । 

आइसिसीको आउँदो अक्टोबरमा बस्ने बोर्ड बैठकले नेपाली क्रिकेटको विवादका बारेमा निर्णय गर्ने छ । त्यसअघि अहिले सर्वोच्च अदालतमा रहेको क्यान सम्बन्धी मुद्दाको फैसला भएमा क्यानमाथिको प्रतिबन्ध हट्न सक्ने छ ।
विवादका कारण झण्डै ४ महिनादेखि आइसिसीले क्यानलाई निलम्बन गरेको छ भने क्यानलाई उपलब्ध गराउने खर्च रोक्नुका साथै क्यानले गर्ने प्रतियोगिताको आयोजनाको जिम्मेवारीपनि आफैले लिने गरेको छ । 

Share your thoughts: