अष्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान म्याक्सवेल टिमवाट बाहिरिए

एजेन्सी,साउन १७ । अष्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल टिमवाट बहिरिएका छन् । अष्ट्रलियाले आइतवार घोषणा गरेको १५ सदस्यीय टोलीवाट खराब फर्मबाट जुधिरहेका म्याक्सवेल बहिरिएका छन् । म्याक्सवेलले सन् २०१२ मा ‘डेब्यु’ गरेका थिए। अष्ट्रेलियाले श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट उनलाई हटाएको छ । पछिल्लो समय उनी रन बनाउन संघर्ष गर्दै आइरहेका थिए। पछिल्लो ६ एकदिवसीयमा उनले मात्र ११ दशमलव ८० को औसतले रन बनाएका थिए। वेष्ट इन्डिज भ्रमणमा उनले एक पल्ट बनाएको ४६ रन नै उत्कृष्ट हो। जबकी बाँकी ३ एकदिवसीयमा मात्र ७ रन जोड्न सफल भएका थिए। 
 
उनलाई टिमबाट बाहिर राख्ने निर्णयको पुष्टी गर्दै छनोट समितिका अध्यक्ष रोड्नी मार्शले भने–‘हामीलाई थाहा छ ग्लेन अस्ट्रेलियाको खेल जिताउने खेलाडीमध्येमा पर्छ। तर, उसको अहिलेको फर्म राम्रो छैन्। उनले पछिल्लो १० एकदिवसीयमा १० भन्दा कमको औसतले रन बनाएका छन्।’

अष्ट्रेलियाको टिमः स्टिभ स्मिथ (कप्तान), डेभिड वार्नर, जर्ज बेली, नाथन कुल्टर नाइल, जेम्स फाकनर, आरोन फिन्च, जोस हेजलउड, मोएजेस हेनरिक्स, उस्मान ख्वाजा, मिशेल मार्श, शान मार्श, नाथन लियोन, मिचेल स्टार्क, म्याथ्यु वेड र एडम जम्पा।
अष्ट्रेलियाले श्रीलंकासँग उसैको घरेलु मैदानमा पाँच एकदिवसीय खेल खेल्दैछ। जसको पहिलो खेल २१ अगस्टमा कोलम्बोमा हुँदैछ।

Share your thoughts: