अष्ट्रेलियाविरुद्धको सिरिज कब्जागर्दै श्रीलंकाले बनायो रेकर्ड

काठमाडौं,साउन २२ । अष्ट्रेलियाविरुद्धको  ३ म्याचको सिरिज श्रीलंकाले हात पारेको छ । दोस्रो टेष्टमा २२९ रनको जित हात पार्दै श्रीलंकाले  ३ म्याचको सिरिज श्रीलंकाले २-० ले जितेको छ । ४१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले दुई विकेटको क्षतिमा बनाएको २५ रनबाट शनिबार तेस्रो दिनको खेल थालेको थियो । तर, दिलरुवान परेराले घातक बलिङ गरेपछि अष्ट्रेलिया १८३ रनमा अलआउट भयो ।

उसका लागि डेभिड वार्नरले सर्वाधिक ४१ रन बनाए । परेरा एक्लैले ६ विकेट लिए । श्रीलंकाले पहिलो पारीमा २८१ रन बनाउँदा अष्ट्रेलिया १०६ रनमा मा अलआउट भएको थियो । दोस्रो पारीमा २३७ रन बनाउँदै घरेलु टोली श्रीलंकाले अष्ट्रेलियासामू ४१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो टेष्ट श्रीलंकाले १०६ रनले जितेको थियो । तेस्रो टेष्ट अगष्ट १३ बाट सुरु हुनेछ । पछिल्लो १७ वर्षमा अष्ट्रेलियाले श्रीलंकासँग टेष्ट सिरिज गुमाएको यो पहिलो पटक हो ।

Share your thoughts: