ब्राजिल इराकसँग गोलरहित बराबरीमा रोकियो

रियो,साउन २४ । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आयोजक ब्राजिल फेरि बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको रियो ओलम्पिकको पुरुष फुटबलमा आयोजक ब्राजिल लगातार दोस्रो खेलमा इराकसँग बराबरीमा रोकिएको हो। 
 
पहिलो खेलमा ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो। समूह ए मा रहेको ब्राजिलका कप्तान नेइमारमाथि धेरै आशा गरिएपनि दोस्रो खेलमा पनि खाता खोल्न सकेनन्। समूहका दुई खेल सकिँदा दुई अंक मात्रै जोडेको ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलले अब समूहको अन्तिम खेलमा बिहीबार डेनमार्कसँग खेल्नेछ । 
 

Share your thoughts: