रहेनन् कीर्तिमानी ब्याट्सम्यान हानिफ

एजेन्सी,साउन २८ । टेस्ट क्रिकेटको इतिहासमा सबै भन्दा लामो पारी खेलेर कीर्तिमान ब्याट्सम्यान हानिफ मोहम्मदको निधन भएको छ । पाकिस्तानका पूर्व ब्याट्सम्यान हानिफको ८१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । हानिफले टेस्ट क्रिकेटको इतिहासमा सबै भन्दा लामो पारी खेलेर कीर्तिमान बनाएका थिए । हानिफले सन् १९५२ को अक्टोबरमा पाकिस्तानको तर्फबाट पहिलो टेस्ट क्रिकेट खेलेका थिए । 

उनले ५५ टेस्ट क्रिकेटमा तीन हजार ९ सय १५ रन बनाए । हानिफले सन् १९५९ मा बाहावलापुलसँगको खेलमा कराँचीका लागि बनाएको चार सय ९९ रन फस्ट क्लास क्रिकेटमा बनाएको सबै भन्दा धेरै रन थियो । यो कीर्तिमान ३५ वर्षसम्म तोडिएको थिएन । तर ३५ वर्षपछि ब्राएन लाराले पाँच सय एक रन बनाएर कीर्तिमान तोडे । हानिफले सन् १९५८ मा वेष्ट इन्डिजसँगको खेलमा १६ घण्टा १० मिनेटको पारी खेलेर तीन सय ३७ रन बनाएका थिए ।

यो टेस्ट क्रिकेटको सबै भन्दा लामो पारीको रुपमा कायम छ । दुई दशकसम्म म्यागजिनको सम्पादन गरेका हानिफको सन् २०१३ मा क्यान्सरको उपचार भएको थियो । अहिले स्वाशप्रस्वाशसँग सम्बन्धित समस्याको उपचारको क्रममा कराँचीमा उनको निधन भएको हो । 

Share your thoughts: