पाकिस्तानसँग इंग्ल्याण्ड १० विकेटले पराजित

एजेन्सी,साउन ३१ । इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेस्टमा पाकिस्तान १० विकेटले विजयी भएको छ ।  यो जितसँगै पाकिस्तानले चार टेस्टको श्रृँखलमा २–२ को बराबरी गरेको छ । जितका लागि ४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले चौथो दिन आइतबार दोस्रो पारीमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्टायो । दोस्रो पारीमा पाकिस्तानका अजहर अलीले नटआउट ३० तथा सामी अस्लमले नटआउट १२ रन बनाए । पहिलो पारीमा पाकिस्तानले पाँच सय ४२ रन बनाएको थियो । दोस्रो पारीमा सबै विकेटको क्षतिमा दुई सय ५३ रन बनाएको घरेलु टोली इंग्ल्याण्डले पहिलो पारीमा तीन सय २८ रन बनाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका जोनी बेयरस्टोले सर्वाधिक ८१ रन बनाए । 

पाकिस्तानका यासिर शाहले पाँच विकेट लिए । पाकिस्तानले पहिलो पारीमा युनुस खानको दुई सय १८ तथा असद शफिकको एक सय ९ रनको मद्दतमा पाँच सय ४२ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानले जितसँगै चार टेस्टको श्रृँखलमा २–२ को बराबरी गरेको छ । पाकिस्ताले लड्र्समा भएको पहिलो टेस्टमा इंग्ल्याण्डलाई ७५ रनले हराएको थियो । दोस्रो र तेस्रो टेस्टमा भने इंग्ल्याण्ड विजयी भएको थियो । इंग्ल्याण्डले म्यानचेस्टरमा भएको दोस्रो टेस्टमा तीन सय ३० तथा बर्मिङ्गहममा भएको तेस्रो टेस्टमा एक सय ४१ रनले पाकिस्तानलाई हराएको थियो । 

Share your thoughts: