भेषावकर आउट, ब्याटिङमा ज्ञानेन्द्र र पारस

काठमाडौं,साउन ३१ ।  आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग भइरहेको खेलमा नेपालको दोस्रो विकेट गएको छ । शरद भेषावकर १५ बलमा ६ रन बनाएर आउट भए ।  अहिले ज्ञानेन्द्र मल्ल र पारस खड्का क्रिजमा छन् । पहिलो खेलमा खराब ब्याटिङको शिकार बनेको नेपाल सोमबार घरेलु टोलीविरुद्ध ब्याटिङ् कमजोरी सुधार गर्दै जित निकाल्ने योजनामा हुनेछन् । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपुर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।


शनिबार भएको पहिलो खेलको हारले नेपालको त्यो सम्भावना कठिन बनेको छ  ।  नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पनि नेपाललाई जित निकाल्न भने कठिन देखिएको छ । नेदरल्यान्ड्स आफ्नो घरेलु मैदानमा खेल्दैछ । र, नेदरल्यान्ड्सलाई आफू अनुकुल पिच र मौसमको साथ छ । त्यसमाथि शीर्ष स्थानको नेदरल्यान्ड्स लिगमा अपराजित रहेको छ र ७ खेलबाट १२ अंक जोडेको छ ।  यता, ७ खेल खेलेको नेपाल ४ अंकसहित छैटौं स्थानमा रहेको छ । 

च्याम्पियनसिपमा नेपालभन्दा अघि रहेको हङकङले ९, पपुवा न्युगिनी ८, स्कटल्याण्ड ७ र केन्याले ६ अंक जोडेको छ । त्यसैले नेपालले दोस्रो खेल पनि गुमाए विश्वकप छनोट र एकदिवसीय क्रिकेटको मान्यता पाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । 

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

नेपाल भन्दा अघि समान ९-९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् । नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

Share your thoughts: