पारस सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा

काठमाडौं,साउन ३१ । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष खेलाडी बनेका छन् । च्याम्पियनसिपको चौथो चरण अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेल खेलिरहेका पारस सर्वाधिक बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लेका हुन्।
 
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालकै शरद भेषावकर दोस्रो स्थानमा छन्। ८ खेल खेलेका उनले कुल २ सय ९४ रन बनाएका छन्। त्रिवि मैदानमा भएको नमिविया विरुद्धको दुवै खेलमा फिनिसरको भूमिका निर्वाह गरेका शरदले नेदरल्याण्ड्स विरुद्ध भने सोही प्रदर्शन दोहोर्‍याउन सकेनन्। शरदले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा १४ रन बनाएका थिए भने दोस्रो खेलमा ६ रनमा आउट भए।

Share your thoughts: