नेपालमा 'क्रिकेट विकास बोर्ड' गठन गर्न आइसीसी सहमत

काठमाडौं,भदौ १९ । सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि ‘क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत भएका छन् । यसको तयारीका लागि आजै एक समिति गठन गरिनेछ । नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

बालुवाटारमा भएको भेटमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए । छलफलमा नेपाली पक्षले अब क्रिकेट एशोसिएसनको सट्टा क्रिकेट विकास बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको छ । अब क्रिकेट बोर्डको अवधारणामा जाने प्रस्ताव हामीले राख्यौं, राखेप सदस्य सचिव विष्टले  भने, यसमा आइसीसी पनि सहमत छ ।’
उनका अनुसार बोर्ड गठन गर्दा राजनीतिक हस्तक्षेप कम हुन्छ भन्ने आइसीसीको पनि बुझाइ छ ।

तत्काल सल्लाहकार समिति गठन गर्ने

बालुवाटार बैठकमा तत्काल एउटा समिति गठन गर्ने सहमति भएको छ । यसको नाम नर्मलाइज कमिटी वा सल्लाहकार समिपचि के दिने भन्ने टुंगो लागेको छैन । यस्तो समिति ५ देखि ७ सदस्यीय हुन्छ, रापेख सदस्य सचिव विष्टले भने । उनका अनुसार सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुनेछ । अपराहृन ४ बजे पत्रकार सम्मेलन समेत राखिएको छ ।

यो समितिले नेपाल क्रिकेट संघ क्यानको विधान लगायतमा छलफल गरेर बार्ड गठनका लागि आवश्यक गृहकार्य गर्नेछ । र, सबै मिलाएर चुनाव गर्ने तयारी छ । यो बोर्ड गठन भएपछि अहिलेको सबै समितिहरु स्वत भंग हुनेछ । नेपाल क्रिकेट संघको व्यवस्थापनमा लगातार विवाद देखिएपछि आईसीसीले चार महिना अघि क्यानलाई निलम्बन गरेको थियो ।

बार्ड गठन स्वीकार्य छः प्याकुरेल
निर्वाचन क्यानले अहिलको विधानमा बोर्ड गठन गर्ने कुनै प्रावधान नरहे पनि नियमसम्वत ढंगले गठन भए स्वीकार गर्ने बताएको छ । महासचिव अशोकनाथ प्याकुरेलले भने बोर्डको विषय आइसीसीले पनि मान्नुपर्छ । ऐन बनाएर अघि बढ्छ भने हामीलाई आपत्ति छैन ।’ 

Share your thoughts: