२४ वर्ष पुरानो रेकर्ड तोड्दै डेभिड वार्नरले बनाए शतक

एजेन्सी,भदौ १९ । डेभिड वार्नर एकदिवसीय क्रिकेटमा श्रीलंकामा घरेलु टोलीविरुद्ध शतक बनाउने पहिलो अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन् । घरेलु टोलीविरुद्धको पाँचौं एकदिवसीयमा उनले १११ बलमा शतक पुरा गरेका हुन् । यसक्रममा उनले नौ चौका हाने । उनको यो सातौं एकदिवसीय शतक हो।  यसअघि सन् १९९२ मा मार्क टेलरले श्रीलंकामा घरेलु टोलीविरुद्ध ९४ रन बनाएका थिए ।

Share your thoughts: