क्लब बिहिन बनेका वेल्सका रोब्सनलाई प्रस्तावको ओइरो

एजेन्सी । युरोकपको क्वाटरफाइनलमा बेल्जियम विरुद्ध सुन्दर गोल गरेका वेल्सका हाल रोब्सन कानुलाई विभिन्न क्लबबाट अनुबन्धको प्रस्ताव आएको छ । शुक्रबार राति भएको वेल्स र बेल्जियमबिचको खेलका म्यान अफ द म्याच कानुले ५५ औं मिनेटमा बेल्जियमका तीन डिफेन्डरलाई झुक्याउँदै सुन्दर गोल गरेका थिए । त्यो गोलपछि विभिन्न क्लबबाट प्रस्ताव आएको कानुले बताएका छन् । २७ वर्षका कानु अहिले क्लब बिहिन छन् ।

उनी सन् २०१५–१६ को सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब रिडिङबाट बाहिरिएका थिए । बेल्जियमसँगको खेलमा महत्वपूर्ण गोल गर्दै वेल्सलाई पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका कानुले युरोकपमा दुई गोल गरेका छन् । कानुले भने ‘अहिले विश्वभरिबाट प्रस्ताव आएका छन् । प्रिमियर लिगमै खेल्नु पर्छ भन्ने अहिलेसम्म कुनै त्यस्तो विशेष योजना बनाएको छैन । तर राम्रो प्रस्ताव आएमा म प्रिमियर लिगमा हुने छु ।’ युरोकप अघि पनि राम्रो प्रस्ताव आएको भएपनि आफूले युरोकपपछि नै यसबारेमा सोच्ने बताएको उनको भनाई छ । 

इंग्ल्याण्डको युवा टिमका पूर्व खेलाडी कानुले स्लोभाकियासँगको पहिलो खेलमा विजयी गोल गरेका थिए । कानुले युरोकपका लागि निकै कडा मेहनत गरेका वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले बताए । उनले भने ‘फुटबलमा धेरै कुरा छिट्टै परिवर्तन हुन्छ । कानु अहिले क्लब बिहिन थिए र यस्तो अवस्थामा उनले यो प्रतियोगिता पनि गुमाउन सक्ने सम्भावना थियो । तर उनले मेहनत गरे र आफूलाई प्रमाणित गरे ।’
unn.com.np

Share your thoughts: