युरोकप सेमिफाइनल आजदेखि,पोर्चुगल भर्सेस वेल्सको भिडन्त आज

काठमाडौं,असार २२ । फ्रान्स युरोकप फुटबलको सेमिफाइनल खेलआज रातीदेखि सुरु हुदैछ ।  बुधबार रातिदेखि हुने पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सको सामना गर्दैछ । पोल्याण्डसँग कठिन जित निकाल्दै सेमिफाइनलको यात्र तय गरेको पार्चुगललाई आजको खेल कठिन हुनेछ । 

दोस्रो वरियतामा रहेको बेल्जियमलाई हराउदै सेमिफाइनलमा पुगेको वेल्स  जित निकाल्दै फाइनलमा पुग्ने दाउमा मैदान उत्रदैछ । यी दुईबिचको खेल राति पौने एक बजे लियोनमा हुनेछ । अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनी आएका छन् । 

कुन खेल कति बेला ?
पहिलो सेमिफाइनल: पोर्चुगल भर्सेस वेल्स (असार २२ गते राति पौने एक बजे)
दोस्रो सेमिफाइनल: जर्मनी भर्सेस फ्रान्स (असार २३ गते राति पौने एक बजे)

Share your thoughts: