क-कसले खेलाउदैछन् युरोकप सेमिफाइनल ? (नामावली सहित)

एजेन्सी,असार २२ । युरोकप फुटवलको सेमिफाइनको खेलहरु आजदेखि सुरु हुदैछ  । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप फुटबलको सेमिफाइनलका लागि रेफ्रीसहितका खेल पदाधिकारी तोकेको छ । बुधबार राति सुरु हुने पोर्चुगल र वेल्सबिचको पहिलो सेमिफाइनल स्वीडिस रेफ्री योनास एरिकसनले खेलाउने छन् । यस्तै फ्रान्स र जर्मनीबिचको खेलका लागि इटालीका रेफ्री निकोला रिजोली नियुक्त भएका छन् । अन्य पदाधिकारी भने यस प्रकारका रहेका छन् । 


पोर्चुगल भर्सेस वेल्स
रेफ्री:योनास एरिकसन (स्वीडेन)
सहायक रेफ्री:माथिएस क्लासिनियुस (स्वीडेन), डानिएल वार्नमार्क (स्वीडेन)
थप सहायक रेफ्री:स्टेफन योहानेसन (स्वीडेन), मार्कुस स्ट्रोमबेर्गसन (स्वीडेन)
फोर्थ अफिसियल:सिमोन मार्चिनिएक (पोल्याण्ड)
रिजभ फोर्थ अफिसियल:पावेल सोकोल्निकी (पोल्याण्ड)

फ्रान्स भर्सेस जर्मनी 
रेफ्री:निकोला रिजोली (इटाली)
सहायक रेफ्री:एलिनिटो डी लिबेराटोरे (इटाली), 
माउरो टोनोलिनी (इटाली)
थप सहायक रेफ्री:डेनिएल ओरसाटो (इटाली), एन्टोनियो डामाटो (इटाली)
फोर्थ अफिसियल:डामिर स्कोमिना (स्लोभेनिया)
रिजभ फोर्थ अफिसियल:जुरी प्रप्रोनिक (स्लोभेनिया)

Share your thoughts: