यूईएफएको प्रस्ताव वेल्सद्वारा अस्वीकार,मैदानमै आफ्ना छोराछोरी लैजाने

एजेन्सी, असार २२ । ऐतिहासिक जित निकाल्दै सेमिफाइनलमा पुगेको वेल्सले यूईएफएको प्रस्ताव अस्वीकार गरेको छ । आफ्नो छोराछोरीलाई सेलिब्रेसनका लागि मैदानमा नलैजान यूईएफए गरेको प्रस्ताव वेल्सले अस्वीकार गरेको हो ।  बेल्जियममाथि ऐतिहासिक जित हात पारेपछि पनि वेल्सका खेलाडीहरुले मैदानमै आफ्ना छोराछोरीलाई लगेर सेलिब्रेसन गरेका थिए । 

यूईएफएले स्वास्थ र सुरक्षाको कारण देखाउँदै लियोनमा खेलाडीका बालबच्चा नलैजान वेल्सलाई भनेपनि युरो २०१६ मा पोर्चुगलसँग सेमिफाइनलमा हार जित जे भएपनि खेलाडीहरुले आफ्नो छोराछोरीलाई सेलिब्रेसनका लागि मैदानमा ल्याउने भएका छन् ।

Share your thoughts: