रोनाल्डोले गरे युरोकपको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी

एजेन्सी,असार २३ । १९ वर्षको उमेरमा युरोकपमा डेब्यू गरेका  क्रिष्टियानो रोनाल्डोले  मिचेल प्लाटिनीको रेकर्डसँग बराबरी गरेका छन् । वेल्सविरुद्ध ५३ औं मिनेटमा गोल गर्दै उले रेकर्ड बराबरी गरेका हुन् । युरोकपमा उनको नवौं गोल समेत हो । युरोपियन च्याम्पियनसिपको इतिहासमा क्रिष्टियानो रोनाल्डोले भन्दा बढी कसैले गोल गरेका छैनन् । 

अब रोनाल्डोले फाइनल खेल्न बाँकी नै छ । र, प्लाटिनीको रेकर्ड तोड्दै सवार्धिक गोलकर्ता बन्ने मौका पनि उनी सामू छ । उनको पहिलो अन्तराष्ट्रिय गोल पनि युरोकपमै भएको थियो, उनले २००४ मा १९ वर्षको उमेरमा डेब्यू गरेका थिए । उनले युरो २००८ मा मात्र एक गोल गरे । २०१२ मा भने तीन गोल गर्न सफल भए ।

Share your thoughts: