हेड टु हेड: पोर्चुगल भर्सेस फ्रान्स

एजेन्सी,असार २६ ।  युरोकपको अहिले सम्म पोर्चुगल र फ्रान्सबीच भएको  फुटबल इतिहासमा फ्रान्स हाबी भएको छ । यी दुईबीच अहिलेसम्म भएका भेटमा फ्रान्स सधैँ पोर्चुगलमाथि हावी भएको छ।  ४० वर्षयता पोर्चुगलले फ्रान्सलाई हराउन सकेको छैन भने पोर्चुगल विरुद्धको पछिल्ला दश खेलमा फ्रान्स अपराजित छ। 

सन् १९७५ मा पोर्चुगलले फ्रान्सलाई २–० ले हराएपछि फिफा वरियतामा १७ नम्बरमा रहेको फ्रान्सलाई आठ नम्बरमा रहेको पोर्चुगलले ४० वर्षयता अहिलेसम्म हराउन सकेको छैन। यी दुई बीच सबैखाले गरेर अहिलेसम्म २४ खेल भएका छन् जसमा फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगलले ५ खेल मात्र जितेको छ। एक खेल भने बराबरीमै सकिएको थियो।

रोनाल्डोले त झन अहिलेसम्म फ्रान्सविरुद्ध कुनै पनि स्तरमा जित चाखेका छैनन्। पोर्चुगलले सन् १९७५ यता फ्रान्सविरुद्ध दस खेलमा हार बेहोरेको छ।  फ्रान्स र पोर्चुगल सन् २००६ को विश्वकप सेमिफाइनलमा अन्तिम पटक भिडेको थियो। जुन खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो। सन् २००२ को युरोकप सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई अतिरिक्त समयमै हराएको थियो।

Share your thoughts: