युरोकप: पोर्चुगलका रेनाटो सान्चेज उत्कृष्ट युवा खेलाडी घोषित

एजेन्सी,असार २७ ।  युरो २०१६ को उत्कृष्ट युवा खेलाडीमा पोर्चुगलका १८ वर्षे मिडफिल्डर रेनाटो सान्चेज घोषित भएका छन्। सान्चेजले फ्रान्सका किंग्सले कोमन र पोर्चुग्लकै राफेल गुएइरेइरोलाई पछि पार्दै सोकार योङ प्लेअर अफ दि टुर्नामेन्टको अवार्ड जितेका हुन्। सन् १९९४ जनवरी १ देखि यता जन्मेका खेलाडीहरु मध्येबाट युएफा टेक्निकल अफिसर लोएन लुपेसु, सर एलेक्स फर्गुसन र एलाइन गिरेसको कमिटीले सान्चेजलाई छनोट गरेको हो।

युरोकपको सुरुवाती चार मध्ये तीन खेलमा वैकल्पिक खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गरेका सान्चेजले क्वाटरफाइनलमा पोल्याण्ड विरुद्धको खेलमार्फत् पहिलो रोजाईमा खेलेका थिए। पोल्याण्ड विरुद्ध बराबरी गोल फर्काएका सान्चेजले पोर्चुगलको लागि फिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

१६ वर्ष ३२८ दिनमा युरोकपको फाइनल खेल्दै सबैभन्दा कान्छो उमेरमा फाइनल खेल्ने र उपाधि जित्ने रेकर्ड समेत कायम गरेका सान्चेज आगामी सिजनदेखि जर्मन क्लब वायर्न म्युनिखबाट खेल्नेछन्। उनी युरो सुरु हुनु अघि मात्र पोर्चुगिज क्लब वेनफिकाबाट वायर्न म्युनिख पुगेका थिए।  

Share your thoughts: