'रोनाल्डोले नै बेलोन डि'अरको उपाधि जितेसके' -ग्रिजम्यान

एजेन्सी,असार २७ । युरोकपको गोल्डेन बुट विजेता फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले फिफा बेलोन डि'अरको उपाधि रोनाल्डोले जित्ने दाबी गरेका छन् । पोर्चुगलसँग पराजित भएपछि उनले आफ्नो फिफा बेलोन डि'अरको दौड समाप्त भएको बताएका हुन् । 

उनले भने पोर्चुगलले युरोकप फुटबलको उपाधि जितेपछि क्रिष्टियानो रोनाल्डोले बेलोन डिुअरको उपाधि आफ्नो पोल्टामा पारिसकेको बताएका छन्। उनले भने,‘रोनाल्डोले यो सिजन दुई ठूला उपाधि उचाले त्यो हो च्याम्पियन्स लिग र युरोकप फुटबलको। त्यसैले उनले नै बेलोन डिुअरको उपाधिबाट जित्छन्।’
युरोकप फुटबलमा ६ गोल गर्दै गोल्डेन बुट जितेका ग्रिजम्यानले दुई ठूला उपाधि जितेकाले रोनाल्डो नै सबैको रोजाइमा पर्ने बताए।

Share your thoughts: