नेदरल्याण्डसको विश्वकप यात्र समाप्त,सन्यास लिदै बिदा भए कप्तान रोबिन (फोटोफिचर)

एजेन्सी,असोज २५ । नेदरल्याण्डस आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराए पनि नेदरल्याण्डसले प्ले–अफमा स्थान बनाउन सकेन । खेलमा दुवै गोल कप्तान आर्जेन रोबिनले गरेका थिए ।

तीनपटकको उपविजेता तथा अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्डसका लागि प्ले–अफमा स्थान बनाउनका लागि सात गोल अन्तरको जित आवश्यक थियो । तर, त्यसो भएन । यही खेल सकिए लगत्तै कप्तान रोबिनले सन्यास घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । सन् २००३ को अप्रिलमा राष्ट्रिय टिममा डेब्यु गरेका रोबिनले ९६ क्याप्समा ३७ गोल गरेका छन् । ३३ वर्षका रोबिन जर्मन क्लब बार्यन म्युनिखबाट खेल्छन् ।



Share your thoughts: