दक्षिण अमेरिकी च्याम्पियन चिलीका विश्वकपको सपना टुटेपछि... (फोटोफिचर)

एजेन्सी-दक्षिण अमेरिकी च्याम्पियन चिलीको रुसमा हुने विश्वकप फुटबलको यात्रा समाप्त भएको छ  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना टुटेको हो । चिलीलाई कम्तिमा प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिन्थ्यो । तर यसअघि नै विश्वकपमा स्थान बनाएको ब्राजिलसँग चिली निरिह बन्यो र तीन गोल अन्तरले पराजित भयो ।पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा पाउलिन्होले ब्राजिलका लागि गोल गरे । 


Share your thoughts: