अर्जेन्टिनाको विश्वकप यात्रा,यस्ता छन् उतारचढाव

एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना धेरै उतारचढावका बाबजुत विश्वकप फुटबलको लागि छानिएको छ । एक समय दक्षिण अमेरिकी क्षेत्रको छनोटबाट बाहिर पुगिसकेको जोर्गे साम्पाओलीको टिम अर्जेन्टिना छनोटको अन्तिम खेलमा इक्वेडरलाई स्तब्ध बनाउन सफल हुँदै रुसको टिकट पक्का गरेको हो ।  अर्जेन्टिनालाई विश्वकपमा पुर्याउन कप्तान मेस्सी नै नायक बने । एक गोलले पछि परेको स्थिति उल्ट्याएर अर्जेन्टिनालाई रुसको यात्रा तय गराउन मेस्सीले ह्याट्रिक गरेका थिए । 


अर्जेन्टिनाको विश्वकप यात्रा 


अर्जेन्टिना भर्सेस इक्वेडरः २ – ० को हार


अर्जेन्टिना भर्सेस पराग्वेः  गोलरहित बराबरी


अर्जेन्टिना भर्सेस ब्राजिलः १ – १ गोलको बराबरी


अर्जेन्टिना  भर्सेस कोलम्बियाः १ – ० को जित


अर्जेन्टिना भर्सेस चिलीः २ – १ को जित


अर्जेन्टिना भर्सेस बोलिभियाः २ – ० को जित


अर्जेन्टिना भर्सेस उरुग्वेः १ – ० को जित


अर्जेन्टिना भर्सेस भेनेजुएलाः २ – २ गोलको बराबरी


अर्जेन्टिना भर्सेस पेरुः २ – २ गोलको बराबरी


अर्जेन्टिना भर्सेस पराग्वेः १ – ० को हार


अर्जेन्टिना भर्सेस ब्राजिलः ३ – ० को हार


अर्जेन्टिना भर्सेस कोलम्बियाः ३ – ० को जित


अर्जेन्टिना भर्सेस चिलीः १ – ० को जित


अर्जेन्टिना भर्सेस बोलिभियाः २ – ० को हार


अर्जेन्टिना भर्सेस उरुग्वेः गोलरहित बराबरी


अर्जेन्टिना भर्सेस भेनेजुएलाः १ – १ को बराबरी


अर्जेन्टिना भर्सेस पेरुः गोलरहित बराबरी


अर्जेन्टिना भर्सेस इक्वेडरः ३ – १ को जित

Share your thoughts: