स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी । युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ । समूह चरणको खेलमा रियल मड्रिड इंग्लिस  क्लब टोटनह्यामसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा दुवै गोल रियल मड्रिडका खेलाडीले गरेका हुन् । बल पोजिसनमा पकड जमाएपनि घरेलु टोलि रियल मड्रिड खेलको २८ औं मिनेटमा राफेल भरेनाको आत्मघाती गोलबाट पछि परेको थियो । तर, खेलको ४३ औं मिनेटमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र दुवै टोलीले १ – १ अंक बाडेका छन् ।

यो बराबरीसंगै  समूह एचमा रियल र टोटनह्याम समान ७ – ७ अंक जोडेको छ । गोल अन्तरको आधारमा रियल शिर्ष स्थानमा छ भने टोटनह्याम दोस्रो स्थानमा छ । 

Share your thoughts: