ट्युनिसियाको विश्वकपमा यात्रा तय


एजेन्सी । लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसियाले रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको ट्युनिसियाले शनिबार राति भएको खेलमा लिबियासँग गोलरहित बराबरी रोक्दै समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो । ट्युनिसियाले कंगो गणतन्त्रलाई पछि पार्दै समूह विजेता बन्न सफल भएको हो । यो खेलमा पराजित भएको भए कंगो विश्वकपमा छनौट हुने थियो ।  ट्युनिसियाले योसँगै अहिलेसम्म पाँचपटक विश्वकपमा स्थान बनाएको छ । 

Share your thoughts: