बार्सिलोना बराबरीमा रोकियो,मेस्सीको गोलले मान्यता पाएन

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । गोललाइन क्रस गरेको बललाई रेफ्रीले गोल नदिएपछि आइतबार राति भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १ – १ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भ्यालेन्सियाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा रोड्रीगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए ।

त्यसअघि खेलमा बार्सिलोनाका लियोनल मेस्सीले गोल गरे पनि रेफ्रीले गोलको मान्यता दिएनन् । तर, खेलको ८२ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए । यो बराबरीपछि पनि बार्सिलोना लिगको शिर्ष स्थानमा यथावत रहेको छ । बार्सिलोनाले १३ खेलबाट ३५ अंक जोडेको छ । भ्यालेन्सिया ३१ अंकसहित दोस्रो स्थानमा छ ।

Share your thoughts: