बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा बार्सिलोना फेरि एकपटक बराबरीमा रोकिएको छ । घरेलु मैंदान नेउक्याम्पमा भएको खेलमा बर्सिलोना सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यो सँगै बार्सिलोनाको यो सिजनको लागि तेस्रो बराबरी हो । बराबरीपछि बार्साले महत्वपूर्ण दुर्इ अंक गुमाएको छ ।

शनिबार रातिको खेलमा सुरुवाती अग्रता भने खेलको २० औं मिनेटमा सेल्टा भिगोले लिएको हो । इयागो आसपासले सिक्स यार्डबाट रिबाउन्डमा गोल गरेर सेल्टा भिगोलाई अग्रता दिलाए । लगत्तै बार्सिलोनाले २ मिनेटमै बराबरीमा गोल फर्कायो। लिओनल मेस्सीले पाउलिन्होले उपलब्ध गराएको पासमा बराबरी गोल गरे ।जित निकाल्ने प्रयासमा रहेको बार्सिलोनाले सेल्टा भिगो माथि दबाब राख्दै ६२ औं मिनेटमा अर्का गोल ग¥यो ।

मेस्सीको पासमा लुइस सुआरेजले गोल गरे ।

तर, ७० औँ मिनेटमा सेल्टी भिगोले दोस्रो गोल गरेपछि खेल दोस्रोपटक बराबरीमा आयो । सेल्टो भेगोका लागि गोमेज गोन्जालेजले गोल गरे । बराबरीपछि लिगको पहिलो स्थानको बार्सिलोनाले १४ खेलबाट ३६ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको भ्यालेन्सियाको ३१ अंक छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड समान २७–२७ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन् ।

Share your thoughts: