म्यानचेस्टर सिटी र आर्सनल लिग कपको सेमीफाइनलमा

एजेन्सी ।  म्यानचेस्टर सिटी र आर्सनल इंग्लिस लिग कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन्। गएराति भएको क्वार्टरफाइनल भिडन्तमा सिटीले लेस्टरलाई टाइब्रेकरमा ४-३ ले निरास पार्दा आर्सनलले वेस्टह्याममाथि १-० को जित दर्ता गर्‍यो। 

बयो सिजन घरेलु प्रतियोगितामा अपराजित रहेको म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल किपर क्लाउडियो ब्राभो चम्केपछि म्यानचेस्टर सिटी फुटबल लिग कपको सेमिफाइनलमा पुगेको हो।

खेलमा सुरुवाती अग्रता सिटीले २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट लिएको थियो । तर इन्जुरी समयको ७ औं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे । निर्धारित तथा थप गरिएको समयमा खेल १–१ को बराबरी खेल सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सिटीका लागि गुन्दोगान, टाउरे, लुकास मेच्चा र ग्याब्रियल जेसुसले गोल गर्न सफल भए ।


तर, लेस्टरका जेमी भर्डे, रियाद महरेजको पेनाल्टीलाई चिलियन गोल किपर ब्राभोले असफल बनाइदिए । लेस्टरका फच्स, माग्युरी र इबोराको पेनाल्टीमात्रै गोलमा परिणत भयो ।


यो सिजन २९ खेलसम्म अपराजित पेप ग्वार्डिओला नेतृत्वको सिटीले इङ्लिस प्रिमियर लिगमा लगातार १६ खेल जितिसकेको छ । च्याम्पियन्स लिगमा पनि समूह चरणका ६ मध्ये ५ खेल जितेर उसले समूह विजेता हुँदै अन्तिम १६ को यात्रा तय गरिसकेको छ ।

Share your thoughts: