एल क्लासिको : रियलमाथि बार्सिलोनाको सानदार जित

एजेन्सी,पुस ८ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले हराएको छ ।  रियल मड्रिडको घरेलु मैदानमा भएको एल क्लासिको खेलमा पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको ५४ औं मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले १० मिनेट भित्र दुई गोलको अग्रता लिएको थियो। ५४ मिनेटमा लुइस सुआरेजको गोलमा बार्सिलोनाले पहिलो गोलको अग्रता बनाएको थियो। 

रियलविरुद्ध पकड बनाउने क्रममा बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोलको अग्रता लिएको थियो। पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। 

त्यस्तै खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा एलेक्स भिदालले गोल गर्दै ३–० को जित दिलाए ।  शनिबारको जितसँगै बार्सिलोना ४५ अंकसहित शीर्ष स्थानमा रहँदै लालिगा उपाधि होडमा सहज स्थितिमा देखिएको छ । चौथो स्थानमा रहेको रियल मड्रिडको भने ३१ अंक रहेको छ । 

Share your thoughts: