म्यान्चेस्टर सिटीको विजयी कीर्तिमानी यात्रामा पुर्णविराम

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको किर्तिमानी विजयी यात्रा टुंगिएको छ । आइतबार राति भएको खेलमा बराबरीमा रोकिएपछि प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने किर्तिमान बनाएको म्यानचेस्टर सिटीको निरन्तरको विजयी यात्रामा पूर्णबिराम लागेको हो ।


एकै सिजनामा लगातार १८ खेल जित्दै किर्तिमान बनाएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले आइतबार राति भएको खेलमा कुनै गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।  क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ ।

Share your thoughts: