‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

एजेन्सी ।   २०१८ रसिया विश्वकपका खेल बेलायती रेफ्रीले खेलाउन पाएनन् । फिफाले आगामी वर्षमा हुने विश्वकपका लागि रेफ्री छनोट गर्दा बेलायती रेफ्री छनोट भएनन् । फिफाले विश्वकपका लागि ३६ अफिसियल छनोट गरेकोमा इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डबाट एक जना पनि अफिसियल परेनन् ।
यो सँगै विश्वकप फुटबल इतिहासमा ८० वर्षपछि पहिलो पटक बेलायती रेफ्रीले खेलाउन नपाउने भएका हुन् । २०१६ को युरोकपको फाइनल खेलाएका मार्क क्लाटेनबर्गलाई अन्तिममा विश्वकपका लागि छनोट भएका थिए तर उनले आफ्नो पदबाट राजिनामा दिइसकेकाले विश्वकप खेल खेलाउन पाएनन् ।

उनको स्थानमा अर्को व्यक्तिलाई राख्न इंग्लिस फुटबल संघले फिफालाई अनुरोध गरे पनि त्यसलाई फिफाले अस्विकार गरेको छ । यस्तै फिफाले छनोट गरेको ६३ वटा सहायक रेफ्रिमा पनि बेलायतबाट कोही पर्न सकेनन् ।

यो संयोग सन् १९३८ को विश्वकप पछि पहिलो पटक भएको हो ।

Share your thoughts: