लिभरपुल १० वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा,सिटीपराजित

एजेन्सी । म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै लिभरपुल १० वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा अर्को इंग्लिश क्लब म्यानचेस्टर सिटीलाई २ – १ ले हराउँदै समग्रमा ५ – १ को जितसहित लिभरपुल सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा तीन शुन्यको जित दर्ता गरेको लिभरपुलले बुधबार सिटीको मैदानमा भएको दोस्रो लेगमा पनि दुई एकले जित्यो । लिभरपुलको जितमा मोहम्मद सलाह फेरि नायक बने । यो सिजन उत्कृष्ट फर्ममा रहेका सलाहले गोल सख्या ३९ पुर्याएका छन् । खेलको दोस्रो मिनेटमा नै रहिम स्ट्रलिङको पासमा गाब्रियल जिससले गोल गर्दै सिटीलाई उत्कृष्ट सुरुवात गराएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यतीर सिटीले फेरि अर्को गोल गरे पनि रेफ्रीले अफसाइडको संकेत गरे ।
योसँगै लिभरपुल दशबर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । लिभरपुल पछिल्लो पटक सन् २००७ – ८ को सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । यस्तै लिभरपुलले दशौं पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको हो । म्यानचेस्टर युनाइटेडपछि लिभरपुल युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा धेरै पटक पुग्ने क्लब पनि बनेको छ ।


Share your thoughts: