उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिकाको पहिलो खेलमा पराजित

एजेन्सी । स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सीको टोली अर्जेन्टिना कोपा अमेरिकाको पहिलो खेलमा पराजित भएको छ । उपाधि दाबेदार टिम अर्जेन्टिना पहिलो खेलमै पराजित भएको हो । आइतबार बिहान भएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २–० गोल अन्तरले हराएको हो । एरिना नोभा स्टेडियममा भएकोे खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको कोलम्बियाले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो । कोलम्बियाका लागि डुजापटा र रोजर मार्टिनेजले समान एक–एक गोल गरे ।

खेलको ७१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । निकैनै रोमान्चक बनेको खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए । खेलमा पकड भने अर्जेन्टिनाले जमाएको थियो । पोस्टमा निकै राम्रो आक्रमक प्रहार गरे पनि अर्जेन्टिनाले गोल भने गर्न सकेन । जितसँगै समूह ‘बी’ को कोलम्बियाले पहिलो खेलमा ३ अंक जोडेको छ । यता पराजित अर्जेन्टिनालाई क्वाटरफाइनल यात्रामा धक्का लागेको छ ।

Share your thoughts: