अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्काे उपाधि दावेदार अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको हो । ब्राजिलका लागि खेलेका १९ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।  रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो ।  यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ । फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Share your thoughts: