म्यानचेस्टर सिटीको प्रिमियर लिगमा इतिहासमा अहिलेसम्मकै प्रभावशाली जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध प्रभावशाली जित निकालेको छ । उसको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरे । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्मकै ठूलो मार्जिनको जित निकालेको सिटीले वाटफोर्डलाई ८–० ले हरायो ।

यसअघि २०१३ मा नर्विचविरुद्ध ७–० को जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको यो पहिलो पटक हो । घरेलु मैदानमा भएको एकतर्फी खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता बनायो । घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले एक एक गोल गरे । पहिलो हाफमा सिटीले ५–० को सबैभन्दा छिटो गोल गरेको कीर्तिमान पनि बनाएको छ ।

Share your thoughts: