इटालियन सिरि ए जुन २० देखि

काठमाडौं । इटालियन सिरि ए आगामी २० जुनदेखि सुचारू हुने भएको छ। इटालीका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले कोरोना भाइरसपछि सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन्।

सिरि ए गत मार्च ९ देखि अनिश्चिकतकालका लागि स्थगित भएको थियो।

लिगका १२ राउन्डका खेल बाँकी छन्। लिगमा युभेन्ट्सले अग्रता लिइरहेको अवस्थमा छ।

सिरि एका खेलाडीहरुलाई मेको पहिलो साता व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमति दिइएको थियो। समूहमा भने यहि सातादेखि प्रशिक्षण गरिएको थियो।

२० जुनबाट सुरू गर्न भनिएको लिग अगस्ट २० सम्ममा सक्ने तयारी गरिएको छ।

Share your thoughts: