दर्शकबिनाको रंगशालामा बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

काठमाडौं।  कोरोना भाइरसपछि भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ।  

मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं गोल गरेका हुन्।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको दूरी बनाएको छ।

यस जितसँगै बार्सिलोनाले २८ खेल खेल्दै ६१ अंक जोडेको अंक तालिकाको शिर्ष स्थानमा दोस्रो स्थानको रियल मड्रिडविरुद्ध पाँच अंकको अग्रता बनाएको छ ।

एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित मालोर्का २५ अंकसहित १८औं स्थानमा छ । रियलले आइतबार एइबारसँग खेल्नेछ।

Share your thoughts: