म्यानचेस्टर युनाइटेड र लिभुरपुल बराबरी खेल्दा कुन टोलीलाई फाइदा ?
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको दुई टोलीले बराबरी खेलेको छ । अहिले शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेड । साविक विजेता लिभरपुलले गोलरहित बराबरी खेलेका हुन् ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल नतिजा आफ्नो पक्षमा पार्न असफल भयो । म्यानचेस्टर युनाइटेड जित हात पार्दै शीर्ष स्थानमा अंक दूरी बढाउन बाट चुक्यो । लिभरपुलले जित हात पारेको भए म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरी गोलअन्तरका आधारमा शीर्ष स्थानमा पुग्ने थियो ।
१८ खेलबाट ३३ अंक रहेको ३४ अंक रहेको लिभरपुल चौथाो स्थानमा छ । समान १८ खेलबाट ३७ अंक बनाएको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ । शीर्षको होडमा रहेका दुई टोलीले बराबरी खेल्दा यसको फाइदा म्यानचेस्टरलाई पुगेको छ ।
गएरातिको खेलमा फराकिलो जित हात पारेको म्यानचेस्टर सिटीे एक खेल कम खेल्दा ३५ अंकका साथ दोस्रो स्थानमा छ ।
गएरातिकै खेलमा शेफिल्ड युनाइटेडलाई ३–१ ले हराएको टोटनह्याम पनि शीर्ष स्थानको होडमा कायमै छ । पाँचौँ स्थानमा रहेको टोटनह्यामले १८ खेलबाट ३३ अंक बनाएको छ ।
Share your thoughts: