दुहबी गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

सुनसरी, मंसिर १८ – दुहबी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । दुहबी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङ  मर्स्याङ्दीलाई सडेन डेथमा १-० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल नभएपछी खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमामा पनि दुबै टिमको ३–३ गोल भएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको हो । 

सडेनडेथमा मनाङका विश्वास श्रेष्ठ गोल गर्न चुके भने आर्मीमा गोलकिपर बिकेश कुथुले गोल गरेर आफ्नो टिमलाइ जित दिलाए । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठले २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलको म्यान अफ द म्याच आर्मीकै विकेश कुथु भए । सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए । 

आर्मीले उपाधीसँगै ३ लाख ११ हजार रुपैयाँ र उपविजेता मनाङले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, चर्च ब्वाईज क्लब, मनाङ्ग मर्स्याङ्दी, मोरङ्ग फुटबल क्लव, झापा ११, आयोजक एलेभन एरोज दुहवी, शेरे क्लब कालिम्पोङ भारत र बीआरसी क्लब भुटान सहभागी थिए ।

Share your thoughts: