सुदूर र मध्यपश्चिमाञ्चलको जित

काठमाडौं पुस ७ । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा बिहीबार जित हात पारेका छन् । यद्यपि दुवै प्रतियोगिताबाट बाहिरी सकेका छन् । समूह ‘क’ बाट नेपाल प्रहरी विजेता र एपीएफ उपविजेता तथा समूह ‘ख’ बाट नेपाल आर्मी विजेता र मध्यमाञ्चल उपविजेता हुँदै बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् ।

सुनसरीको दुहबी रंगशालामा भएको खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित ग¥यो । सुशीला चौधरीले निर्णायक गोल गरिन् । अर्को खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो । 

आशा शाहीले ३१ औं मिनेटमा गोल गर्दै मध्यपश्चिमाञ्चलाई १–० को अग्रता दिलाइन् । ५० औं मिनेटमा पूर्वाञ्चलकी मुना लावतीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा पु¥याइन् । मध्यपश्चमाञ्चलकी मन्जु चौधरीले ६२ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरिन् ।

Share your thoughts: