पुरुष फुटबलको उपाधि एपीएफको पोल्टामा,आर्मी पराजित

काठमाडौं,पुस १५ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले आफ्नो पोल्टामा पारेको छ ।धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा दुई विभागीय टोलीबीचको खेलमा एपीएफले आर्मीलाई २–० ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । एपीएफको जितमा दुवै गोल अन्जन विष्टले पहिलो हाफमा गरे। उनले दुवै गोल दायाँ साइडबाट सेकेण्ड बारमा गरेका थिए। दुवै प्रहारमा आर्मीका गोलरक्षक विकेश कुथुले कुनै मौका नै पाएनन्।

यस अघि समूह चरणको खेलमा दुवैले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। आर्मी समूह बी को विजेता तथा एपीएफ उपविजेता बन्दैसेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई अतिरिक्त समयमा हराएको थियो भने आर्मीले मध्यमाञ्चललाई सडनडेथमा पराजित गरेको हो। यसअघि नै अर्को विभागीय क्लब नेपाल पुलिसले मध्यमाञ्चललाई हराउँदै कास्य जितिसकेको छ।

Share your thoughts: